बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:२९
वासिङटन डिसी 17:44

आन्तरिक शरणार्थीका रुपमा भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्नु पर्दछ: नेता देउवा

इनेप्लिज २०७२ जेठ १३ गते १४:३२ मा प्रकाशित

deuba4दोलखा, १३ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेपालीका काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले दोलखाका १८ गाविसका नागरिकलाई आन्तरिक शरणार्थीका रुपमा भए पनि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

तत्कालीन माओवादीका लडाकु राखिएका शिविर, भुटानी शरणार्थीका शिविरमा तत्काल यी नागरिकलाई राख्न सक्छौँ वरिष्ठ नेता देउवाले भन्नुभयो ।

दोलखाको उत्तरी क्षेत्रका १८ गाविस र नगरपालिका ५, ६ र ८ तल्लो भूभागका नागरिकलाई स्थानान्तरण गरी स्थायी बसोबासका लागि राज्यले सरकारी उपयुक्त जमिन छानी राख्न पहल गरिने वरिष्ठ नेता देउवाले दोलखाली नागरिकलाई विश्वास दिलाउनुभएको छ ।

उहाँले हेलिकप्टरबाट पीडित नागरिकमा खाद्यान्न र जस्तापाता पुर्‍याउनलाई सरकारलाई तत्काल थप सल्लाह दिने र आप्mनो पहलले पीडामा परेका नागरिकलाई जतिसक्दो छिटो पीडामुक्त बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया