रत्ननगर (चितवन), १३ जेठ । चितवनको यज्ञपुरीमा गएराति गोली प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको प्रगतिनगर गाविस–९ का मनिप्रसाद काफ्ले रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनीसँग चिनियाँ पेस्तोल एक थान र तीन राउन्ड गोली बरामद गरिएको छ ।
उनले गएराति गोली प्रहार गर्दा स्थानीय राजन खड्का गम्भीर घाइते भएका थिए । दिदीको घरमा आएका काफ्लेले बाहिर केही व्यक्ति आएको देखेपछि गोली हानेको बताइएको छ ।
प्रतिक्रिया