कुहिएको चामल वितरण नगरेको स्पष्ट

इनेप्लिज २०७२ जेठ १३ गते ११:०६ मा प्रकाशित

दारेचोक जेठ १३
चितवनको पहाडी क्षेत्रमा रहेको दारेचोक गाविसले भूकम्प पीडितलाई कुहिएको चामल वितरण नगरेको स्पष्ट पारेको छ । बुधवार गाविसले एक विज्ञप्ती जारी गरी विभिन्न सञ्चार माध्यममा दारेचोक गाविसले कुहिएको चामल वितरण गरेको भन्ने समाचार प्रति खण्डन गरेको हो । विभिन्न संघ संस्था र व्यक्तिहरुले गाविस र स्थानीय प्रकोप व्यवस्थापन समितिलाई जानकारी नै नदिई खाद्य सामाग्री र राहत वितरण भईरहेको प्रति समेत गाविसले ध्यानार्कषण भएको जनाएको छ । २०० परिवारलाई कुहिएको चामल गाविसले वितरण गरिएको भन्ने समाचार गलत भएको र उक्त चामल वितरण गाविस सचिव र स्थानीय प्रकोप व्यवस्थापन समितिको संलग्नता नभएको विज्ञप्तीमा जनाईएको छ । गाविस सचिव निलकण्ठ लामिछानेद्वारा जारी विज्ञप्तीमा भुकम्प पिडितहरुको राहत वितरण गर्न आउने संघसंस्थालाई समेत गुणस्तरीय खाद्यान्न तथा सामाग्री वितरण गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया