आइतबार, साउन १० २०७८
काठमाडौं १५:१८
वासिङटन डिसी 05:33

गोली चलाउने पक्राउ

इनेप्लिज २०७२ जेठ १३ गते ४:४४ मा प्रकाशित

pestol-goli-prahar4रत्ननगर (चितवन), १३ जेठ । भरतपुरको यज्ञपुरीमा आज बिहान २ः३० बजे गोली चलेको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गोली चलाउने पक्राउ गरिएको छ । चोरीको उद्देश्यले गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोली लागि गम्भीर घाइते भएका एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

सो घटनाबारे आजै बिहान ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया