अग्निपीडित परिवारलाई राहत
इनेप्लिज
२०७२ जेठ १३ गते ४:४२ मा प्रकाशित
सप्तरी, १३ जेठ । सप्तरीको रम्पुरा मल्हनिया गाविसका अग्निपीडित परिवारलाई विभिन्न सङ्घसंस्थाले आज करिब चार लाख मूल्य बराबरको राहत वितरण गरेको छ ।
छठ समाजसेवा समिति झापा विर्तामोड र उद्योग वाणिज्य संघले संयुक्त रुपमा करिब ६५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको हो ।
सङ्घका अध्यक्ष बलराम कार्की र समितिका अध्यक्ष देवेन्द्रकुमार सिंह र सचिव घनश्याम चौधरीको संयुक्त टोलीले अग्निपीडित परिवारलाई प्रतिपरिवार २५ किलोका दरले ६५ बोरा चामल, दुई किलोका दरले दाल, नुन, तोरीको तेल, साबुन, च्युरा, गिलास, रु दुई लाख बराबरको लत्ता कपडा वितरण गरेको बताएको छ ।
गत चैत २५ गते सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा भीषण आगलागीमा परी ७२ परिवारको १६५ घर जलेर नष्ट हुनाका साथै करिब रु पाँच करोड बराबरको क्षति भएको थियो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या
प्रतिक्रिया