हावाहुरीले सयौँ घरको छाना उडायो
इनेप्लिज
२०७२ जेठ १३ गते ३:२९ मा प्रकाशित
गोलबजार (सिरहा), १३ । गए राति आएको तीव्र गतिको हावाहुरीले सिरहाका सयौँ घरकोे छाना उडाएको छ ।
लहान नगरपालिका–८ का उमेश पासवानका अनुसार हावाहुरीले यहाँका दर्जनौं घरको छाना उडाएको छ । घरको छाना नै उडाएपछि यहाँका दलित बस्तीका मानिस विचल्लीमा परेका छन् ।
हावाहुरीले इलाका प्रहरी कार्यालय लहानका भान्सा घरको छाना पनि उडाएको छ । प्रहरी निरीक्षक चन्द्र राजवंशीका अनुसार तीव्र गतिमा आएको हावाहुरीले भान्साको छाना उडाएपछि खाना पकाउन पनि समस्या भएको छ ।
हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया