गोमा एयरद्वारा जोमसोम–पोखरा उडान सुरु
इनेप्लिज
२०७२ जेठ १३ गते २:४७ मा प्रकाशित
मुस्ताङ, १३ जेठ । गोमा एयरले मङ्गलबारदेखि जोमसोम–पोखरा उडान सुरु गरेको छ ।
पर्यटकीय क्षेत्रका हवाई यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उडान सुरु गरिएको बताइएको छ । मङ्गलबार पहिलो उडानमा १८ जना यात्रुसहित गोमाको विमान जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटकको मागकै आधारमा सेवा विस्तार गरिएको एयरलाइन्सका अनिल शेरचनले जानकारी दिनुभयो । एयरलाइन्सले तत्काललाई नेपालीलाई रु दुई हजार ६०० र विदेशी यात्रुलाई ११३ अमेरिकी डलर शुल्क तोकिएको छ ।
गोमा एयरले यसअघि सुर्खेत र लुक्लामा उडान भर्दै आएको थियो । “हामीले पहिलेदेखि नै उडान भर्ने भनेपनि भूकम्पका कारण ढिला भएको हो, अब हामी निरन्तर सेवा दिनेछौँ” शेरचनले भन्नुभयो । जोमसोम–पोखरा रुटमा तारा र सिम्रिक एयरले पनि उडान भर्दै आएका छन् ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया