भूकम्पपीडित परिवारका लागि मेचीनगरवासीले घर निर्माण गरिदिने
सुरुङ्गा (झापा), १३ जेठ । मेची उद्योग वाणिज्य सङ्घले सिन्धुपाल्चोकका भूकम्पपीडित १५० परिवारका लागि घर निर्माण गर्ने भएको छ ।
दाताहरुको सहयोगमा मेची नगरवासीले सञ्चालन गरेको ‘मेची अभियान’मार्फत रु २२ लाख ५० हजारको लागतमा घर निर्माण गर्न लागिएको सङ्घ मेचीनगरका अध्यक्ष एवम् अभियानका संयोजक विजय डालमियाले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग सहकार्य गर्दै अतिप्रभावित क्षेत्रमा गएर घर निर्माण गरिने छ । जसका लागि ५० जनाभन्दा बढी स्वयम्सेवी परिचालन गरिने छ ।
यसैबीच भारत, भुटान बङ्गलादेशसहित अन्य राष्ट्रबाट राहत सङ्कलन भइरहेको र सङ्कलित राहतमध्ये रु सात लाख जिल्ला दैवीप्रकोप उद्धार समिति झापालाई हस्तान्तरण गरिएको छ भने छ वटा प्रभावित क्षेत्रमा पुगेर करिब रु ७० लाख बराबरको जिन्सी सामग्री वितरण गरिसकेको संयोजक डालमियाले बताउनुभयो ।
पीडितका लागि घर निर्माण आगामी हप्ताबाट सुरु गरिने बताइएको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया