उद्धार कोषमा चार अर्ब बढी सङ्कलन

इनेप्लिज २०७२ जेठ १२ गते १६:१६ मा प्रकाशित

741439881_1432107755काठमाडौँ, १२ जेठ । भूकम्पपीडितको सहायताका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा रु चार अर्ब एक करोड ६६ लाख ९३ हजार ७३५ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त कोषमा आज मात्र रु दुई करोड ९१ लाख ३९ हजार ७५८ दाखिला भएको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपाली तथा व्यावसायिक प्रतिष्ठान र विदेशस्थित नेपाली नियोग गरी १८ वटा संस्थाबाट आज उक्त कोषमा जम्मा त्यति रकम जम्मा भएको हो । कोषमा सहायता रकम प्राप्त हुने क्रम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया