पूर्वाधार निर्माणमा जाइकाले सघाउने

इनेप्लिज २०७२ जेठ १२ गते १५:२७ मा प्रकाशित

Rss_Images_1432648452700_RSS-Dr Mahat-1काठमाडौँ, १२ जेठ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइकाका) अध्यक्ष अकिहिको तानाकाले भेटेर शिक्षा, स्वाथ्यलगायतका पूर्वाधार निर्माणमा नेपाललाई सघाउन जाइका इच्छुक रहेको बताउनुभएको छ ।

अर्थमन्त्री डा रामशरण महतसँग आज उहाँको कार्यकक्षमा भएको भेटमा जाइका अध्यक्षले भूकम्पपछिको पुनःनिर्माणमा ठूलो सहायता रकम जुटाउनुपर्ने भएकाले त्यसनिम्ति नेपाल सरकारले आयोजना गर्न लागेको सहायता सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको आवश्यकता र प्राथमिकताअनुसार जाइकाले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री डा महतले आगामी असार १० गते नेपाल सहायता सम्मेलन आयोजना गरिने जानकारी दिँदै उक्त सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिता नेपालले अपेक्षा गरेको बताउनुभयो ।

उहाँले भूकम्पले नेपालका निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, अस्पताल, विद्यालय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्पदामा ठूलो क्षति पु¥याए पनि सरकार तिनलाई चाँडै पुनःनिर्माण गर्ने र अझ व्यवस्थित तुल्याउन दृढ रहेको बताउनुभयो ।

भूकम्पले नासिएका संरचना पुनःनिर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायबाट ठूलो सहयोगको अपेक्षा नेपालले गरेको बताउँदै उहाँले भन्नुभयो, “ ऋणभन्दा अनुदान र सामानभन्दा नगदमा सहायता चाहिएको छ । ”

प्रतिक्रिया