दुग्ध कृषकलाई थप समस्या
ललितपुर, १२ जेठ । भूकम्पबाट पशुचौपाया गुमाएका कृषकको समस्या एकातिर छन् भने उत्पादित दूध बजारमा बिक्री वितरण हुन नसक्दा अर्को समस्या थपिएको छ ।
भूकम्पका कारण धेरै मानिस काठमाडौँ उपत्यका छाडेर जानु यसको प्रमुख समस्या भएको जनाइएको छ । यस बाहेक भूकम्पले प्रभावित नभएका क्षेत्रमा सुरक्षित बासस्थानका लागि केही मानिसले अस्थायी रुपमा जानु पनि अर्को कारण हो । दैनिक रुपमा उत्पादित दुग्ध सेवन गर्ने उपभोक्तामा कमी आएकाले बजारमा दूध बिक्री गर्न समस्या भएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो । भूकम्पका कारण कृषकले धेरै लैनो गाईभैंसी गुमाउनु परे पनि बाँकी रहेका गाईभंैसीबाट उत्पादन भएको दूधलेसमेत बजार पाउन मुस्किल भएकोमा उहाँले दुखेसो व्यक्त गर्नुभयो ।
उत्पादन भएका दूधलाई व्यवसायीले लिन आनाकानी गरेको गुनासो दुग्ध कृषकको रहँदै आएको उहाँको भनाई छ । यसरी दूध लिन नमानेका व्यवसायीलाई पछिल्लो समयमा आवश्यक परेको दूध ल्याउन नसकिने भन्दै जबर्जस्ती दूध बिक्री गर्नुबाध्यता भएको उहाँको भनाई छ । उत्पादित दूध बजारमा सजिलै बेच्न नपाउँदा कृषकले थप आर्थिक भार व्यहोर्नु पर्छ कि भन्ने चिन्ता थपिएका छन् ।
जिल्लाभरि करिब दैनिक रुपमा ४० हजार लिटर दूधको खपत हुँदैआएको थियो । भूकम्पले पशुचौपाया गुमाउनु परेकोले हाल ३० हजार लिटर दूधको मात्र खपत हुने गरेको छ । कुल दुग्ध उत्पादनमा जिल्लाको दक्षिण भेगमा पर्ने १९ गाविसका स्थानीयवासीलले ७० प्रतिशत हिस्सा ओगट्दै आएका छन् ।
भूकम्पमा परी लैनोभैँसी १३१ र गाई २२ वटा मरेका छन् । प्रतिलैनो भैँसीको मूल्य न्यूनतम रु ८० हजार र प्रतिगाई रु ६० हजार पर्ने गरेको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया