बुधबार, साउन २० २०७८
काठमाडौं ०५:०२
वासिङटन डिसी 19:17

पत्रकारलाई त्रिपाल

इनेप्लिज २०७२ जेठ १२ गते ३:११ मा प्रकाशित

tripal1भक्तपुर, १२ जेठ । डा इवामुरा मेमोरियल अस्पताल तथा रिसर्च सेन्टरले वैशाख १२ को विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पनबाट पीडित २० पत्रकारलाई त्रिपाल र कम्बल वितरण गरेको छ ।

होप वल्र्डवाइड नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा अस्पतालले सोमबार काठमाडौंका दुई र भक्तपुरका १८ जना पत्रकारलाई त्रिपाल र कम्बल प्रदान गरेको हो । अस्पतालले आफ्ना कर्मचारी र भक्तपुरका स्थानीय भूकम्पपीडित गरी थप १५० लाई त्रिपाल, कम्बल र एक किलो धुलो दूध प्रदान गरेको हो ।

त्यस्तै घरबारविहीन सातलाई टेन्टसमेत वितरण गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया