बेनी (म्याग्दी), १२ जेठ । बैसरीको पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त अवस्थामा रहेको छ ।
पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्ने क्रम नरोकिए पनि यसले खासै असर नगर्ने बताउनुभयो ।
नदी थुनिएर बनेको तालमा पानीका सतह कम हुँदै गएको छ । अब नदी थुनिन सक्ने सम्भावना पनि नरहेको जनाइएको छ । पहिरो र डुबानमा परेका बैसरीका २६ घरको भग्नावशेषसमेत फेला पर्न नसकेको म्याग्दी बस तथा जिप व्यवसायी सङ्घका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।
प्रतिक्रिया