सालनालसहितको शिशुको शव फेला

इनेप्लिज २०७२ जेठ १२ गते १:२६ मा प्रकाशित

सुरुङ्गा (झापा), १२ जेठ । झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ ।

इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । कसैले अवैध सम्बन्ध राखेर गर्भपतन गराएर नवजात शिशुको शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया