बाल्टिमोरमा टीपीएसको लागी हस्ताक्षर अभियान शुरू
वाशिंगटन डिसी – भूकम्प पीडित नेपालीलाई अमेरिकामा ईमिग्रेसनको सुबिधा टिपीएसको माग गर्न हस्ताक्षर संकलन गर्ने अभियान बाल्टिमोरमा शुरू भएको छ । बाल्टिमोरमा नयां स्थापित संस्था एनआरएन म्यारिल्याण्ड च्याप्टरको आयोजनामा हिजो आईतबार आयोजित उक्त कार्यक्रममा कुल जम्मा ९३ जना नेपालीहरू उपस्थित त भै हस्ताक्षर गरे । उपस्थित ९३ जनाले एकजनाले १० जनाको दरले अनलाईनमा हस्ताक्षर गराउने सल्लाह भएकोले यो संख्या १,००० एक हजार पुग्ने कुरा नव स्थापित एनआरएन म्यारिल्याण्डका अध्यक्ष जेदु पोखरेलले बताए । कार्डवेल एभेन्यु बाल्टिमोरमा चिकन बारबिक्यु सहित आयोजना गरिएको उक्त कार्यक्रम बाल्टिमोर कलेजका नेपाली प्राध्यापक एच. बी. ह्यारी भण्डारीले प्रायोजन गरेका थिए । अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीका पूर्ब अध्यक्ष खेम भट्टचन, ग्लोबल एनआरएनका संस्थापक भाईस प्रेसिडेन्ट डा. श्याम कार्की, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका प्रकाश नेपाल, नेपाली कांग्रेसको भातृ संगठन जन सम्पर्क समिति म्यारिल्याण्डका अध्यक्ष राज सेन्चुरी, बीबीसी नेपालीको साक्षा सवाल कार्यक्रमका नारायण श्रेस्ठ लगायत भिसा नभएका गैरकानूनी नेपालीलाई भुकम्पको कारणले अमेरिकामा कानूनी रूपमा बस्न पाउने ईमिग्रेसनको सुबिधा टिपीएस दिनुपर्छ भन्ने भावना भएका नेपालीहरू उपस्थित । |
|
![]() ![]() ![]() ![]() |
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया