शृङ्खलाबद्ध चोरी गर्ने समूह पक्राउ

इनेप्लिज २०७२ जेठ ११ गते १४:५२ मा प्रकाशित

pakraauकाठमाडौँ, ११ जेठ । महानगरीय अपराध महाशाखाले काठमाडौँ उपत्यकामा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका पाँच जनालाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार प्रहरीले बौद्ध तथा नयाँ बसपार्कबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

अभियुक्तमा दोलखाका सुवास बुढाथोकी, उदयपुरका नवीन भनिने लालबहादुर तामाङ, मोरङका आकाश लिम्बू तथा सुनसरीका इन्द्र तामाङ र अर्जुन तामाङ रहेका छन् ।

उनीहरू आइतबार पक्राउ परेका भए पनि अनुसन्धान बाँकी रहेका कारण आज मात्रै सार्वजनिक गरिएको बताइएको छ । उनीहरूका साथबाट ल्यापटप र आइफोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया