त्रिशूली नदीमा खस्दा बेपत्ता
इनेप्लिज
२०७२ जेठ ११ गते १४:४६ मा प्रकाशित
तनहुँ, ११ जेठ । देवघाट गाविस–४ स्थित दासढुङ्गा नजिक बन्दै गरेको पक्की पुल निर्माण गर्ने क्रममा आज एक भारतीय मजदुर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।
भारत बिहार घर भएका मसाद खान बेपत्ता भएको र उनको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया