मुना टिप्न नपाउँदा दश करोड नोक्सान
ललितपुर, ११ जेठ । कृषकहरूले समयमा चिया बगानबाट मुना टिप्न नपाउँदा रु १० करोड बराबरको आर्थिक भार व्यहोर्नु पर्ने भएको छ ।
जिल्लाको दुर्गम क्षेत्र चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल, घुसेल, चौघरे, इकुडोल, गोटीखेल र शङ्खु गाविसमा रोपिएका अर्गानिक चियाको मुना भूकम्पका कारण समयमा टिप्न नपाएको हो । अधिकांश चिया कृषकहरूको घरगोठ भूकम्पले भत्काएका कारण पुनःनिर्माणतिर लाग्नु परेकाले समस्या आएको चिया उत्पादक सहकारी सङ्घका अध्यक्ष ऋषिराम घिमिरेले बताउनुभयो ।
उक्त क्षेत्रमा करिब एक हजारभन्दा बढी रोपनी जग्गामा चियाखेती गरिएको जनाइएको छ । सङ्घमा १६७ कृषक संस्था आबद्ध रहेका छन् । भूकम्पका कारण कृषकले चिया बगानमा रहेका मुना टिप्न नसकिएको उहाँको भनाइ रहेको छ । वार्षिक प्रतिरोपनी एक हजार २०० किलो हरियो मुना उत्पादन हुने गरेको छ ।
मुनाको प्रतिकिलो रु १०० का दरले वार्षिक रु एक लाख २० हजार बराबर थप आर्थिक भार कृषकले व्यहोर्नु पर्ने निश्चित भएको छ । एक रोपनी बराबर रु एक लाख २० हजारका दरले एक हजार रोपनीमा करिब रु १० करोड बराबरको नोक्सान हुनसक्ने अनुमान गरिएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया