गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह नहुने

इनेप्लिज २०७२ जेठ १० गते १४:०६ मा प्रकाशित

काठामाडौँ, १० जेठ । मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आयोजना गर्नुहुने स्वागत तथा जलपान समारोह यसवर्ष नहुने भएको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा यस वर्ष गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह आयोजना नगरिने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताउनुभयो ।

विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाले विधिवत् रुपमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया