‘सोह्र घन्टापछि कालीगण्डकीबाट पानी बग्यो’

इनेप्लिज २०७२ जेठ १० गते १४:०२ मा प्रकाशित

१बाबियाचौर(म्याग्दी), १० जेठ । सुख्खा पहिरोको कारण गए रातिदेखि थुनिएको कालीगण्डकी नदीबाट पानी बग्न थालेको छ ।

राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोबाट थुनिएको कालीगण्डकीबाट साँझ ५ बजेदेखि पानी बग्न थालेको हो । पहिरो थुप्रिएर बनेको बाँध नाँघेर पानी बग्न थालेको बताइएको छ ।

पानीले आफैँ बाटो बनाएर नियमित बाटोतर्फ बग्न थालेको प्रहरी नायब उपरीक्षक हीरा गिरीले जानकारी दिनुभयो । पहिरोले कालीगण्डकी नदी थुनिँदा सय मिटर गहिरो र तीन किलोमिटर लामो तलाउ बनेको थियो ।

तलाउमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ । पानी बग्न थालेपछि तलाउमा पानीको सतह बढेको छैन् । करिब ५०० मिटर माथिबाट खसेको पहिरोले भगवती गाविस–२ र राम्चे–९ मा २६ घर पुरिएका छन् ।

प्रतिक्रिया