सोमबार, साउन १८ २०७८
काठमाडौं १०:५६
वासिङटन डिसी 01:11

छोरा नजन्माएको निहुँमा घर निकाला

इनेप्लिज २०७२ जेठ ९ गते १०:४१ मा प्रकाशित

Morang_district_locationपथरी (मोरङ), ९ जेठ । मोरङको बेलबारी एक महिला छोरो नजन्माएको निहँुमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको भन्दै घर निकाला गरेका हुन् ।

ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ । घरपरिवारले निकाले पछि उनी धनुषाको मझेलीया–१४ माइतीघरमा बस्दै आएको छ ।

विसं २०६८ मा बेलबारी–३ का ललन रायसँग उनको विवाह भएको थियो । उनकी श्रीमान् ललन वैदेशिक रोजगारका लागि मलेसिया गएको पीडितको भनाइ छ ।

प्रतिक्रिया