आधुनिक हतियारसहित दुई भारतीय पक्राउ
इनेप्लिज
२०७२ जेठ ९ गते १०:३६ मा प्रकाशित
पर्सा, ९ जेठ । वीरगन्जको नयाँ बसपार्कस्थित लुम्बिनी होटलबाट प्रहरीले गएराति एक थान पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारत विहारको सिवान जिल्ला रामनगर बस्ने २७ वर्षीय प्रवीण सिंह र २८ वर्षीय मुकुल सिंहलाई एक थान आधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोलीसहित नियन्त्रणमा लिएको हो ।
मादक पदार्थ सेवन गरी होटलका कर्मचारीलाई हतियार देखाई डर त्रास देखाएको सूचनाका आधारमा खटिएको प्रहरीले प्रवीण सिंहबाट ‘मेडइन युएसए’ लेखिएको पेस्तोल बरामद गरेको हो ।
जिप्रका पर्साका प्रहरी उपरीक्षक दिवेश लेहनीका अनुसार हतियारसहित पक्राउ गरिएका भारतीय नागरिकद्वय आपराधिक घटना र भारतीय आपराधिक समूहसँग संलग्न भए÷नभएको बारेमा अनुसन्धान भइरहेको छ । अहिले उनीहरुलाई जिप्रका पर्सामा राखिएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया