विषाक्त प्रसाद खाँदा १५० जना सिकिस्त
इनेप्लिज
२०७२ जेठ ८ गते १४:५५ मा प्रकाशित
गौशाला, ८ जेठ । महोत्तरीको भ्रमरपुरा गाविसमा गएराति पूजामा विषाक्त प्रसाद खाँदा स्थानीय १५० जना सिकिस्त बिरामी भएका छन् ।
भ्रमरपुरा गाविस–५ का गोपाल शर्माबाट आयोजना गरिएको सत्यनारायणको पूजामा बनाइएको प्रसाद खाँदा स्थानीय सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पूजामा प्रसाद खाएको चार घण्टामै पूजा आयोजक शर्मा तथा स्थानीय महिला, पुरुष तथा बालबालिकामा फूड प्वाइजन भई उनीहरू सिकिस्त बिरामी भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
विषाक्त प्रसाद खाएर बिरामी भएकालाई झाडापखाला, पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र रिङ्गटा लाग्नेजस्ता लक्षण देखिएको छ ।
गएराति करिब ११ बजेदेखि नै प्रसाद खाएका सिकिस्त बिरामी हुँदै गएपछि उनीहरूलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर तथा अन्य निजी क्लिनिकमा लगिएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया