स्व आमाबुबाको सम्झनामा पुल निर्माण

इनेप्लिज २०७२ जेठ ७ गते १:३३ मा प्रकाशित

ilam_nepal_mapइलाम, ७ जेठ । पूर्वी इलामको श्रीअन्तु गाविसका एक समाजसेवी परिवारले स्व आमाबुबाको सम्झनामा पक्की पुल निर्माण गरिदिएका छन् ।

श्रीअन्तु–४ तपसका घले दाजुभाइले बुबा नारायणबहादुर घले र आमा चन्द्रमायाको स्मृतिमा रु ७० लाखको लागतमा श्रीअन्तु र सूर्याेदय नगरपालिका–५ बीचमा पर्ने सिद्धिखोलामा पुल निर्माण गरेका हुन् ।

त्रिपन्न फिट लम्बाइ र ९.५ फिट चौडाइको पक्की पुल निर्माण गरिएको सुवास घलेले जानकारी दिनुभयो ।
पुलको इलामका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बुधबार एक समारोहबीच उद्घाटन गर्दै समाज सेवामा घले दाजुभाइले देखाउनुभएको योगदानको चर्चा गर्नुभयो ।

गत मङ्सिर ७ गतेदेखि निर्माण सुरु गरिएको पुल चैत १८ गते सम्पन्न भएको थियो । पुल निर्माणपछि समालबुङ, श्रीअन्तुलगायतका गाविसका बासिन्दालाई व्यापारिक केन्द्र फिक्कल, जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज भएको छ ।

प्रतिक्रिया