अस्थायी राहत कक्षा कोठा निर्माण गर्न स्वयम्सेवा टोली पर्वतमा
पोखरा, ७ जेठ । ‘विपद् व्यवस्थापनमा युवा, पुनःनिर्माणका लागि युवा स्वयम्सेवा’ अभियानअन्तर्गत युवा स्वयम्सेवी टोलीले पर्वतमा पनि विद्यालयमा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको छ ।
युवा स्वयम्सेवा समन्वय उपसमितिका संयोजक दीपेन्द्र श्रेष्ठका अनुसार टोलीले पर्वतको तिलहार गाविसको गिज्याङमा रहेको तुलोदय माविमा तीन वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको छ ।
गत वैशाख १२ गते र २९ गते गएको भूकम्पले तुलोदय माविको दुई वटा भवन पूर्णरुपमा क्षति पुगेको थियो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषि तिवारीको विशेष आग्रह र पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको समन्वयमा टोली पर्वत गएको थियो ।
टोलीले त्यहाँ उपस्थित अभिभावक, रोट्रयाक्ट क्लब अफ पर्वत र युवा क्लबका सदस्यसँग बाँसको खाँबो गाडेर चित्राले बारी त्रिपालको छाना बनाएर कम खर्चमा सरल ढङ्गले बनाइने अस्थायी राहत कक्षा कोठाबारे अभिमुखीकरणसमेत गरेको थियो ।
अस्थायी कक्षा कोठा निर्माण अभियानमा रेडक्रस सोसाइटी कास्की, फेवा फाइनान्स, रोटरी क्लब अफ पोखरा फिस्टेल, बाबा फाउन्डेसन, जिल्ला टेनिस सङ्घ कास्की, रविना फाउन्डेसन, पोखरा हार्डवयर एसोसिएसन, पालिखे टे«ड्स, सम्मोहन साहित्यिक पत्रिका, निर्माण व्यवसायी समिति कास्की र होटल पिस प्लाजाले सहयोग गरेको थियो । विद्यालय पुनःनिर्माणकै लागि कास्कीको स्वयम्सेवा टोली लमजुङको सुन्दरबजार जाने बताइएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या
प्रतिक्रिया