अपहरणपछि हत्या
इनेप्लिज
२०७२ जेठ ४ गते ११:५० मा प्रकाशित
रङ्गेली, ४ जेठ । रङ्गेली नगरपालिका–३ का १४ वर्षीय किशोर उपेन्द्र साहको अपहरणपछि हत्या भएको खुलासा भएको छ । उनी पाँच वर्षअघि अपहरणमा परेका थिए ।
लामो र गहन अनुसन्धानबाट अपहरण गरेकै दिन साहको हत्या भएको इलाका प्रहरी कार्यालय, रङ्गेलीले आज पत्रकारसम्मेलन गरेर बताएको हो ।
प्रहरीले साहको हत्यामा संलग्न रङ्गेली नगरपालिका–३ का इन्द्रलाल मण्डल, रमेश मण्डल र शम्भु साहलाई पत्रकारसम्मेलनमा नै सार्वजनिक गरेको छ ।
पाँच वर्षअघि अर्थात् २०६७ साल फागुन ८ गते साँझ ७ः३० बजे घरबाटै बेपत्ता भएका ती किशोरको करिब छ महिनाअघि कङ्कालसहित लगाएका कपडा फेला परेपछि थालिएको अनुसन्धानबाट उनीहरुकै संलग्नतामा हत्या भएकोे पर्याप्त आधार फेला परेको प्रहरी निरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया