शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:५१
वासिङटन डिसी 06:06

पूर्व राजा शाह नयाँदिल्ली प्रस्थान

इनेप्लिज २०७२ जेठ ३ गते १४:३६ मा प्रकाशित

Gyanendra1काठमाडौँ, ३ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

उहाँ नयाँदिल्लीमा उपचारको क्रममा रहनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था बुझ्न आज त्यसतर्फ जानुभएको हो ।

पूर्व रानी शाहको नयाँदिल्लीस्थित फोर्टिज स्कट हर्ट इन्स्टिच्युटमा तीन सातादेखि उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको बताइएको छ ।

शाहको साथमा पूर्व युवराज्ञी हिमानी शाहसमेत जानुभएको हिमानीको सञ्चार सहयोगी अस्मिता भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया