लमजुङका विद्यालय जेठ १० गतेदेखि सञ्चालन गरिने
लमजुङ, ३ जेठ । भूकम्पका कारण बन्द रहेका लमजुङका शिक्षण संस्था यही जेठ १० गतेदेखि सञ्चालनमा आउने भएका छन् ।
जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिकोे बैठकले जिल्लाका सामुदायिक तथा निजी विद्यालय जेठ १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण कतिपय विद्यालय क्षतिग्रस्त भएका, कतिपय विद्यालय चर्किएका कारण विद्यालय बन्द गरिएको थियो । भूकम्पका कारण विद्यार्थी तथा शिक्षकसमेत मानसिकरुपले विद्यालय जान तयार नभएकाले विद्यालयहरू बन्द गरिएको थियो ।
लमजुङमा भूकम्पका कारण ३० हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । सबैभन्दा बढी कक्षा १० का विद्यार्थी प्रभावित भएका छन् ।
भूकम्पका कारण १६७ विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । ४२३ विद्यालयमा कक्षा कोठा भत्किएका छन् भने २८५ विद्यालयमा आंशिक क्षति पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया