बढी मूल्यमा पाल बेच्नेविरुद्ध मुद्दा
काठमाडौँ, ३ जेठ । बौद्धस्थित महानगरीय प्रहरी वृत्तले प्रचलित बजार मूल्यभन्दा बढीमा पाल बिक्री गर्नेविरुद्ध कालाबजारी मुद्दा दायर गर्ने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा रु ६०० मा किनेको पाल रु तीन हजार ५०० बेच्दै गरेका गोविन्द चौधरीलाई आज रङ्गेहात पक्राउ गरी स्थानीयबासीले प्रहरीलाई बुझाएका थिए ।
नगरपालिकाले भूकम्प पीडितलाई वितरण गर्ने गरी ल्याएका पाल प्रहरी प्रभाग थलीमा राखिएकामा प्रहरीको संलग्नतामा बजारमा लगेर बढी मूल्यमा विक्री गरिएको स्थानीयवासीको आरोप छ ।
स्थानीयवासीको उजुरीका आधारमा वृत्तले कालाबजारी गर्ने चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मी यस सम्बन्धमा भन्नुहुन्छ–“कालाबजारी गर्ने कसैलाई पनि छोड्दैनौँ, कानुनी कारबाहीको दायरामा ल्याउँछौँ, कुनै प्रहरीले बदमासी गरे ती पनि सजायबाट मुक्त हुने छैनन्” ।
भैँचालो पीडिनका लागि ल्याइएका पाल बेच्नेलाई कारबाहीको माग गर्दै आज नगरपालिकावासीले थलीमा प्रदर्शन गरेका थिए ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया