बेगनास तालमा डुङ्गा दुर्घटना दुई किशोरीको मृत्यु, तीन पौडेर बाँच्न सफल
इनेप्लिज
२०७२ जेठ ३ गते ११:५८ मा प्रकाशित
पोेखरा, ३ जेठ । कास्कीको लेखनाथ नगरपालिकास्थित बेगनास तालमा आज दिउँसो डुङ्गा दुर्घटना हुँदा दुई किशोरीको डुबेर मृत्यु भएको छ भने तीन जना पौडेर बाँच्न सफल भएका छन् ।
गाई, बाख्रा चराउन गएका ती पाँचजना किशोरकिशोरी गर्मी भएपछि तालमा पौडी खेल्न गएका र तालको किनारमा पुरानो डुङ्गा देखेपछि त्यसमा चढेर ताल पारी जान लाग्दा डुङ्गा अचानक डुब्दा उनीहरू डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
डुङ्गा दुर्घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–११ की १३ वर्षीया सीता विक र १२ वर्षीया ममता गुरुङ छन् । दुर्घटनामा सोही ठाउँकी १० वर्षीया पूजा मगर, १४ वर्षीया रोजनी सुनार र १३ वर्षीय दिपेश विक भने पौडेर बाँच्न सफल भएका थिए ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या
प्रतिक्रिया