आगलागीमा उखु नष्ट

इनेप्लिज २०७२ जेठ ३ गते ४:२९ मा प्रकाशित

aaglagi1महोत्तरी, ३ जेठ । महोत्तरीको लक्ष्मीनियाँमा आगलगी हुँदा १० कट्ठामा लगाइएको उखुको बिरुवा जलेर नष्ट भएको छ ।

शनिबार साँझ आएको हावाहुरीले बिजुलीको तार सट भई भएको आगलागीबाट लक्ष्मीनियाँ–२ का भोला महतोको खेतमा लगाइएको खुट्टी जातको उखुमा आगलागी भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा समयमै नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया