उद्धार, राहत र भग्नावशेष हटाउने काममा सेना सक्रिय

इनेप्लिज २०७२ जेठ २ गते १४:५० मा प्रकाशित

army_sindhupalchokकाठमाडौँ, २ जेठ । शक्तिशाली भूकम्पमा परेका व्यक्तिको उद्धार, राहत र भत्किएका संरचनाको भगनावशेष हटाउने कामलाई नेपाली सेनाले तिव्रताका साथ निरन्तरता दिएको छ ।

भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेना र मित्रराष्ट्रहरुका चिकित्सा टोली सक्रिय छन् ।

त्यसैगरी, घाइतेहरुलाई शिविरसम्म ल्याउने काममा सेनासहित विभिन्न मुलुकका हेलिकोप्टर प्रयोग भइरहेका छन् ।

हवाई साधनद्वारा गोरखा र दोलखामा ६ हजार ८०० केजी खाद्यान्न र एक हजार ७०० केजी राहत सामग्री आज पु¥याएको सेनाले जनाएको छ ।

सेनाले अलपत्र परेका गोरखाबाट १४, दोलखाबाट २८ नागरिकलाई हवाई साधनद्वारा उद्धार गरेको छ ।

भूकम्पमा परेर घाइते भएकामध्ये विदेशी सैनिक मेडिकल टोलीद्वारा हालसम्म २४ हजार ४२६ जनाको उपचार भइसकेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली भीमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, पशुपतिनाथस्थित विश्वरुपा मन्दिर, शङ्खमूलस्थित जगतनारायण मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित फसिदेवल क्षेत्र र बालाखु मन्दिर एवम् चाँगुनारायण मन्दिर लगायतका पुरातात्विक महत्वका संरचनाका भग्नावशेष हटाउने काममा अहोरात्र खटिरहेको छ ।

प्रतिक्रिया