चट्याङ लाग्दा दाइको मृत्यु भाइ गम्भीर
इनेप्लिज
२०७२ जेठ २ गते १४:४८ मा प्रकाशित
पर्सा, २ जेठ । आज अपराह्न वर्षासँगै परेको चट्याङमा परी एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।
अपराह्न ३ बजेको समयमा आएको वर्षासँगै परेको चट्याङमा परी बाराको गढीमाई नगरपालिका वडा नम्बर ५ बकुलिया गाउँ निवासी वर्ष ३५ का बलराम चौधरीको मृत्यु हुनुको साथै उनका भाइ विनय चौधरी गम्भीर घाइते भएका हुन् ।
खेतमा काम गरिरहेका बेला खसेको चट्याङ लाग्दा बलरामको घटना स्थलमै मृत्यु भएको र विनय गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चट्याङबाट घाइते भएका विनयको उपचार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ ।
विनयको पिठु अत्यधिक जलेको कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मृतक बलरामको शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया