करेन्ट लागेर दुईको मृत्यु
इनेप्लिज
२०७२ जेठ १ गते १४:४० मा प्रकाशित
परासी, १ जेठ । नवलपरासीको कावासोती–८ का ३६ वर्षीय कुमार सुवेदी र कावासोती नगरपालिका–१० मगरकोटकीका ४५ वर्षीया लीला आर्चायको आज करेन्ट लागेर मृत्यु भएको छ ।
सुवेदीको कावासोती ह्याचरीमा कुखुरालाई दानापानी हाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका सुवेदीको उपचारका लागि कालीगण्डकी अस्पतालमा ल्याउँदा मृत्यु भएको हो ।
खेतमा पानी लगाउने क्रममा मिटरको तार सर्टभई करेन्ट लागेर गम्भीर घाइते भएकी लीलाको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया