चोरी गर्ने पक्राउ

इनेप्लिज २०७२ जेठ १ गते ८:५२ मा प्रकाशित

pakraauपोखरा, १ जेठ । पोखराको न्युरोडमा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आफ्ना श्रीमान्ले विदेशबाट पठाएको पैसा झिकी घर जान लाग्दा धारिलो हतियार चक्कु देखाई पैसा लुटी लग्ने चार जना डाँकालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्ने डाँकामा सोलुखुम्बु जिल्लाको सल्लेरी गाविसका २५ वर्षीय फुर्वा शेर्पा, सिन्धुली हर्षाई गाविसका ३६ वर्षीय गणेश शाहा भन्ने गङ्गाबहादुर शाह, भोजपुर जिल्लाको कोट गाविसका २६ वर्षीय सञ्जय श्रेष्ठ र मकवानपुर छतीवन गाविसका २२ वर्षीय सोम लामा भन्ने सोम थोकर छन् ।

उक्त घटनामा संलग्न एक जना डाँका फरार रहेकाले निजको खोजी कार्य भइरहेको छ ।

अभियुक्तले गत वैशाख २७ गते धादिङ जिल्ला लाना–५ घर भई पोखरा–१७ बस्ने वर्ष ४७ की तार्साङ तामाङले आफ्ना श्रीमान्ले पठाएको पैसा सो सिटी एक्सप्रेसबाट झिकी घर जान लाग्दा पिछा गरी निजको साथमा रहेको ब्याग जबर्जस्ती लुटी फरार भएका थिए ।

प्रहरीले अभियुक्तलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया