डेढ शताब्दी पुरानो दरबार चर्कियो
इलाम, १ जेठ । वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण जिल्लाकै सबैभन्दा पुरानो अड्डा चर्किएर काम नलाग्ने अवस्थामा पुगेको छ ।
विसं १९२० मा बडाहाकिम गजराजसिंह थापाको पालामा निर्माण भएको जिल्ला प्रशासनको डेढ शताब्दी पुरानो भवन चर्किएर बस्नै नहुने अवस्थामा पुगेको हो ।
उक्त भवनबाटै जिल्ला प्रशासनबाट सम्पादन हुने कार्य सञ्चालन भइरहेको थियो ।
भवन जताततै चर्किएपछि अघिल्तिर रहेको एक तले भवनबाट सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताउनुभयो ।
राणाकालीन भवनबाट राहदानी, नागरिकता, मुद्दा, सङ्घसंस्था, दर्ता चलानी, अनुसन्धानलगायत सबै काम हुँदै आएको थियो ।
जिल्लामा डेढ शताब्दी पुराना दुई ठूला भवन छन् । एउटामा जिल्ला प्रशासनको काम र अर्काेमा प्रमुख जिल्ला अधिकारीको निवास र उच्च ओहोदाका पाहुना आउँदा बस्ने गरिन्थ्यो ।
भवन चर्किएपछि प्रजिअ बासुदेव दाहाल जिल्ला कारागार शाखाको आवासमा र सहायक प्रजिअ आफन्तकामा बस्दै आउनुभएको छ ।
यो भवनसहित जिल्ला प्रहरी, मालपोत, इलाम नगरपालिकालगायत आधादर्जन सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जानकारी सहायक प्रजिअ फागोले दिनुभयो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया