प्रधानमन्त्रीको हेलिकोप्टरबाट दोलखाको घाइते दम्पतिको उद्धार
चरिकोट (दोलखा), ३१ वैशाख । भूकम्पले पारेको असरको स्थलगत अवलोकन गर्न दोलखा आइपुग्नुभएका प्रधानमन्त्री सुशील कोइरालाको हेलिकोप्टरले भूकम्पबाट सख्त घाइते बन्नुभएका दुई जनाको उद्धार गरेको छ ।
यही वैशाख २९ गतेको भूकम्पमा परेर घाइते भएका चङ्खू–७ दोलखाकी ६५ वर्षीया सानुमाया विश्वकर्मा र उनका पति सार्की कामीलाई उद्धारमा खटिएको टोलीले उपचारको लागि चरिकोट जिल्ला अस्पताल ल्याएको थियो । तर जिल्ला अस्पतालमा उनीहरु दुबै जनाको उपचार हुननसक्ने जानकारी पाएपछि प्रधानमन्त्री कोइरालाले आफू चढेर आएको हेलिकोप्टरमा दुबै घाइतेलाई काठमाडौँको सुविधासम्पन्न अस्पताल पु¥याउन आदेश दिनुभयो ।
चिकित्सकले दिएको जानकारीअनुसार सानुमाया विक भूकम्पमा परी च्यापिएकी हुन् भने उनका पति सार्की कामीको टाउकोमा गम्भीर चोट पुगेको छ ।
प्रधानमन्त्रीको निर्देशनअनुसार नेपाली सेनाको सुपर पुमा हेलिकोप्टरले चरिकोटबाट घाइते दम्पतिलाई नेपाली सेनाको छाउनी अवस्थित वीरेन्द्र सैनिक अस्पताल पु¥याएको थियो ।
आफू चढ्ने हेलिकोप्टर भूकम्पपीडितको उद्धारमा पठाइएकाले प्रधानमन्त्री कोइराला चरिकोटबाट चौतारा हुँदै राजधानी फिर्ता हुने समय तालिकामा बिलम्ब भएको थियो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया