प्रहरीले निकाल्यो १९ दिनपछि भिरबाट शव
इनेप्लिज
२०७२ वैशाख ३१ गते ८:३५ मा प्रकाशित
मेलम्ची (सिन्धुपाल्चोक), ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप–३ बाट प्रहरीले १९ दिनपछि आज एक पुरुषको शव निकालेको छ ।
गत वैशाख १२ गतेको भूकम्पमा मृत्यु भएका थाङ्पालधाप–५ का ५६ वर्षीय शिक्षक सुखाराम भनिने रामविक्रम कर्मचार्यको शव आज भिरबाट निकालेको प्रहरीले जनाएको छ ।
गत वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका उनको शव जलाउन आफन्तले १३ गते दिउँसो १ बजे लाँदै गर्दा सोही दिन आएको भूकम्पका कारण आफन्तले शव छोडेर भागेका थिए । शव खसेर करिब २०० मिटर तल भिरको रुखमा गएर अड्किएको थियो ।
अल्जेरियाबाट आएका उद्धार टोलीले समेत शव निकाल्न नसकेपछि आज प्रहरी सहायक निरीक्षक चिरञ्जीवी आचार्यको नेतृत्वमा गएको प्रहरी टोलीले शव निकालेर आफन्तलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया