असल शिक्षक पुरस्कार कोष स्थापना
इनेप्लिज
२०७२ वैशाख ३१ गते ३:५७ मा प्रकाशित
इलाम, ३१ वैशाख । शिक्षण सिकाइ अभिवृद्धि गर्दै गुणस्तर सुधार अभियानमा जुट्न सहयोग पुर्याउने उद्देश्यले लक्ष्मीपुर स्रोतकेन्द्रले ‘असल शिक्षक पुरस्कार कोष’ स्थापना गरेको छ ।
स्रोतकेन्द्रअन्तर्गतका ३० विद्यालयमध्ये प्राविले २००, निमाविले ३०० र माविले ५००, स्रोतकेन्द्र र विद्यालय निरीक्षकले एक÷एक हजार जम्मा गरी रु १० हजार ५०० को पुरस्कार कोष स्थापना गरिएको छ ।
कोषमा करिब रु दुई लाख पुर्याउने र त्यहाँबाट प्राप्त ब्याजले प्रत्येक वर्ष यस स्रोतकेन्द्रअन्तर्गतका एक शिक्षकलाई पुरस्कृत गरिने विद्यालय निरीक्षक द्रोणप्रसाद पोखरेलले बताउनुभयो ।
कर्तव्यनिष्ठ, कार्यमूलक अनुसन्धान र सिकाइ उपलब्धिमा वृद्धि, शिक्षण सिकाइमा नवीनता र नियमितता, मिलनसारितालगायतका सूचकका आधारमा शिक्षक छनोट गरिने बताइएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया