सरकारी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण
बेनी (म्याग्दी), ३१ वैशाख । जिल्लाको बेनी नगरपालिकामा हिजोआज स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउन थालेका छन् ।
जिल्लाको बेनी नगरपालिका–४ वगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको र अहिलेसम्म १० वटाभन्दा बढी घरटहरा निर्माण भइसकेको बताइएको छ ।
बनेपा–४ बगरफाँटको बाङ्गेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर कैयौँ व्यक्तिले घडेरीको खरिद बिक्रीसमेत गरेका छन्
स्थानीयवासीले दिएको जानकारीअनुसार घरटहरा बनाउनेमा जिल्ला सुकुम्बासी आयोगमा जग्गा पाउनका लागि निवेदन दिनेहरू पनि रहेका छन् ।
त्यसैगरी बनेपा–३ भकुण्डेचौरमा पनि सरकारी जग्गा अतिक्रमण भएको छ । बजार विस्तारै हुँदै गरेको भकुण्डेमा सार्वजनिक जग्गा कब्जा गरी केही टाठाबाठा व्यक्तिले घर निर्माण गरेका स्थानीयले बताएका छन् । यता बगरफाँट सामुदायिक वन र खड्ग भवानीकोतको गुठी जग्गासमेत तीव्र रुपले अतिक्रमण भइरहेको बताइएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया