आइतबार, साउन १० २०७८
काठमाडौं ०५:३२
वासिङटन डिसी 19:47

भूकम्पमा मरेका चौपायाको प्रारम्भिक लगत सङ्कलन

इनेप्लिज २०७२ वैशाख ३१ गते ३:४१ मा प्रकाशित

nepal-relief-buffa_3282276kधुन्चे (रसुवा), ३१ वैशाख । विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा मरेका चौपायाको प्रारम्भिक लगत सङ्कलन भएको छ ।

जिल्ला पशुसेवा कार्यालय रसुवाका अनुसार भैँसी ४९०, मझौलाखाले गाईगोरु एक हजार १२९ र पक्षी ११ हजार, घर गोठ, मचानले च्यापेर मृत्यु भएको छ ।

कुहिएर मानव जनजीवनमा हुन सक्ने असरलाई समयमै सावधानी अपनाई मरेका सबै पशु खाल्टोमा गाडिसकिएको बताइएको छ।

कति पशु मरे यकिन तथ्याङ्क लिने कार्य भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया