दमक, ३१ वैशाख । झापाको शिवसताक्षी नगरपालिका–१ बाङ्गे चोकस्थित कुसियारबारीका बासिन्दाले आफ्नै लगानीमा झन्डै एक किलोमिटर लामो बाटो निर्माण गरेका छन् ।
शिवगञ्ज बजारबाट ७०० मिटर पश्चिम दक्षिण पर्ने कुसियारमा अधिकांश आदिवासी समुदायले श्रमदानबाट बाटो निर्माण गरेका हुन् । स्थानीय गौरी प्राविका शिक्षक नारायण दाहालको अगुवाइमा रु ४० हजार नगद सङ्कलन र रु ६० हजारबराबरको श्रमदानबाट बाटो निर्माण गरेका हुन् ।
सो बाटोबाट एक सयभन्दा बढी घर परिवारलाई आवागमनमा फाइदा पुग्ने शिक्षिक दाहाल बताउनुहुन्छ ।
प्रतिक्रिया