नेपालमा दोस्रो ठुलो भुकम्पले थुप्रैको ज्यान लिनुको साथै लाखौंँ लाई सडकमा पुर्याएकै दिन आज अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टरका तर्फ बाट करिब दश लाख रुपैयाँँ नेपाल का भुकम्प पीडित को राहतका लागि पठाइएको छ । अध्यक्ष रामप्रसाद खनालका अनुसार यो राहत रकम शेश घले अध्यक्ष रहनुभएको NRN, बि.बि.सी नेपाली सेवाका प्रमुख समेत रहेका प्रखर समाजसेबी रबीन्द्र मिश्र सँलग्न अन्तरराष्ट्रिय स्तरको Help Nepal Network र आफुहरुकै संस्था अन्तरराष्ट्रिय नेपाली समाज केन्द्रिय समिती मार्फत राहतका लागि नेपाल पठाइएको छ ।
नोट : यहाँ केही डोनेशन दाताहरुको नाम छुट हुन सक्छ, हामी सँकलन गर्दै र छुट भएको भए थप गरी प्रकाशन गर्दै जाने छौं । यदी कुनै साथीहरु सँग डोनेशन उठेको भए नाम रकम विवरण सहित यथाशिघ्र पठाउन वा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी को Wells Fargo Bank को एकाउन्ट नम्बर 2000025149274 मा जम्मा गरिदिन सबैमा आग्रह गरिएको छ भन्दै अध्यक्ष खनालले कार्य समितिका सबै, यसै गरी बाहिरबाट पनि सहयोग गर्ने सहयोगी हातहरु र यो सँयोजन गर्ने उपाध्यक्ष भुपनारायण घर्तिमगर लाई बिशेष, उपाध्यक्ष अरुण रुपाखेती, सचिब परशु तिमील्सिना, कोसाध्यक्ष पुस्कर पन्त, सदस्य अनिल खनाल, सँरक्षक होमनाथ सुबेदी लगायत कार्य समिती भित्र र बाहिर रहनुभएका सबै साथीहरु प्रति साथ र सहयोगका लागि आभार प्रकट गर्दै म सलाम गर्दछु भन्नुभएको छ ।
साभार:नेपाल मदर
प्रतिक्रिया