सेनाद्वारा उद्धारमा थप प्रभावकारिता

इनेप्लिज २०७२ वैशाख ३० गते ५:२२ मा प्रकाशित

armyकाठमाडौँ, ३० वैशाख । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि खोज, उद्धार, राहत र भग्नावशेष हटाउने कार्यमा निरन्तर खटिँदै आएको नेपाली सेनाले मङ्गलबारको शक्तिशाली पराकम्पनपछि प्रभावित क्षेत्रमा प्रभावकारिताका साथ सो कार्य अघि बढाएको छ ।

मङ्गलबारको पराकम्पनपछि विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको अवस्थामा सेनाले विपद् व्यवस्थापन कार्यविधिअनुसार जनताको जनधनको रक्षाका लागि यथाशीघ्र फौजलाई प्रभावकारी रुपमा परिचालन गरेको बताएको छ ।

सेनाले हेलिकप्टरबाट प्रभावित क्षेत्रको प्रारम्भिक मूल्याङ्कन कार्य भइरहेको र प्राथमिकताका साथ घाइते बिरामी तथा भग्नावशेषमा थुनिएका व्यक्तिको उद्धार तथा उपचारको कार्य जारी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया