शनिबार, साउन ९ २०७८
काठमाडौं ०८:१५
वासिङटन डिसी 22:30

रुख हल्लाएपछि झर्दा मृत्यु

इनेप्लिज २०७२ वैशाख २९ गते १४:५५ मा प्रकाशित

गाईघाट(उदयपुर), २९ वैशाख । रुख चढेर घाँस काट्दै गर्दा भूकम्प आएकाले लडेर रामपुर ठोक्सिला–३ बस्ने ३६वर्षीय कृष्णकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पले रुख हल्लाउँदा अत्तालिएकी श्रेष्ठ रुखबाट ओर्लँदै गर्दा खसेर निधन भएको हो । यहाँ भूकम्पबाट भाग्दै गर्दा र भवनहरुले थिच्दा पाँच जना घाइते भएका छन् । साथै पञ्चावती गाविसको एक प्राथमिक विद्यालय पूरै भत्केको र केही भवन भत्केको प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । रासस

प्रतिक्रिया