भूकम्पले एक सय अठतीस विद्यालयमा क्षति

इनेप्लिज २०७२ वैशाख २९ गते ४:०६ मा प्रकाशित

1969-234606814461फिदिम, २९ वैशाख । विनाशकारी भूकम्पले कारण पाँचथरका १३८ विद्यालयमा क्षति पुर्‍याएको छ ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत युगमणि सबेहाङका अनुसार भूकम्पले चारवटा विद्यालय पूरै ध्वस्त बनाएको छ । थोक्पेन प्रावि सिदिन, सूर्यदय प्रावि फलैँचा, सिंहकालिका प्रावि सिवा र फिदिम नगरपालिका–७ स्थित महाकवि देवकोटा प्राविका आठवटा कक्षाकोठा पूरै ध्वस्त भएको छ ।

त्यसैगरी ३९ विद्यालयका ९२ कक्षाकोठा बस्नै नमिल्ने गरी क्षति पुर्‍याएको छ भने १२६ विद्यालयका २३५ वटा कक्षाकोठामा सामान्य क्षति पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । भत्किएका र ध्वस्त विद्यालयका कक्षाकोठामा सङ्घसंस्था, रेडक्रस तथा स्थानीय आफैँले स्रोत साधन जुटाएर तत्कालका लागि पाल हालेर विद्यालयले पठनपाठन गर्दै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया