गाईघाट (उदयपुर), २९ वैशाख । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बसाहा बेल्टार गाविस–५ रानीटारमा प्रहरीले सोमबार साँझ सप्तरीतिर लाँदै गरेको ५०० केजी जडीबुटी (मजिटो) बरामद गरेको छ ।
प्रहरी चौकी बसाहाको गस्ती टोलीले साँझ गस्ती गरिरहेको बेला को१त १३०५ नम्बरको ट्र्याक्टरमा बसाहाको मार्ग हुँदै अवैध रुपमा सप्तरीको फत्तेपुरतर्फ लाँदै गरेको ५०० किलोग्राम मजिटो बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरीनायब उपरीक्षक जयराम सापकोटाले बताउनुभयो ।
यसैगरी अवैध रुपमा जडीबुटी मजिटो ओसारपसार गर्ने बबला गाविस–५ बस्ने ट्र्याक्टर चालक पारस माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया