कलैया, २८ वैशाख । बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं १ मा गएराति घरमा खसेको चट्याङबाट एक बालिकाको मृत्यु भएको र अर्का एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।
राति सुतिरहेको अवस्थामा वर्षासँगै अचानक खसेको चट्याङबाट सिम्रौनगढ नगरपालिका वडा नं १ बस्ने रामबहादुर मुखिया विनका ११ वर्षीया छोरी लालतीकुमारीको मृत्यु भएको र पाँच वर्षीय छोरा प्रेम मुखिया गम्भीर घाइते भएको कुरा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव चौधरीबाट थाहा भएको छ ।
घाइते प्रेम मुखियाको सिम्रौनगढ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया