मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:०७
वासिङटन डिसी 01:22

पन्ध्र वर्षीय किशोरी बलात्कृत

इनेप्लिज २०७२ वैशाख २८ गते १२:१३ मा प्रकाशित

Rape-Sketchगौशाला, २८ वैशाख । महोत्तरीको परिकौली फुल्हट्टामा एक १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन् ।

फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रोहवर अन्सारीले विभिन्न लोभलालच देखाई तथा बिहे गर्ने झूठो वाचा गरेर ती किशोरीलाई बलात्कार गरेर फरार भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

वैशाख २३ गतेका राति ७ बजेको समयमा बालिकालाई बलात्कार गरेर फरार भएका रोहवरका अभिभावक र पीडित पक्ष दुवैलाई गाउँमै भलद्मीले बैठक बसेर बलात्कृत किशोरीलाई रोहवरसँगै बिहे गराइदिने सहमति गराइएको थियो ।

तर पीडक रोहवर अहिलेसम्म पनि गाउँमा फर्किनआएपछि आज पीडितकी आमाको जाहेरीले जिल्ला प्रहरी कार्यालयले पीडक रोहवरमाथि जवरजस्ती करणी मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

फरार रोहवरलाई खोजबिनका लागि विशेष प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो ।

प्रतिक्रिया