पाल्पाका भौतिक संरचना कमजोर

इनेप्लिज २०७२ वैशाख २८ गते ४:१० मा प्रकाशित

indexरामपुर (पाल्पा), २८ वैशाख । भवन निर्माणसम्बन्धी आचारसंहिता लागू भए पनि कार्यान्वयन तहमा नपुगेकै कारण सदरमुकाम तानसेन र ग्रामीण क्षेत्रका भवन भूकम्पीय दृष्टिकोणबाट ९० प्रतिशत घर तथा भवन उच्च जोखिममा रहेका छन् ।

सदरमुकाममा निर्मित निजी तथा व्यक्तिगत मात्र नभई स्वास्थ्य, शिक्षाका भवन, सडक, निर्वाचन, हुलाक र दरबारबाहेक अन्य कार्यालय भूकम्प प्रतिरोधात्मक तवरले निर्माण भएका छैनन् भने व्यक्तिगत भवनसमेत भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिममा रहेका छन् ।

भवन निर्माण आचारसंहिता ०६४ सालदेखि लागू भए पनि कार्यान्वयन गर्ने निकाय तानसेन नगरपालिका, सहरी विकास तथा डिभिजन भवन कार्यालयले प्रभावकारी रुपमा अनुुगमन नगरेकै कारण उच्च जोखिममा रहेको हो ।

भवन कार्यालय, तानसेन नगरपालिकाले हरेक वर्ष औपचारिक रुपमा मात्र भूकम्प दिवस मनाउने परिपाटी बसेको कारण व्यक्तिगत रुपमा लगानी भएका भवन भूकम्प प्रतिरोधात्मक तवरले निर्माण हुन नसकेको हो । तानसेन नगरपालिकामा नक्सा पास गर्दा भूकम्पीय प्रतिरोधात्मक बनाइए पनि कार्यान्वयन तहमा नपुगेको बताइएको छ । भूकम्पीय उच्च जोखिममा रहेको पटकपटक स्थानीय सञ्चारमाध्यमबाट सङ्घसंस्थाको प्रचारप्रसार गरे पनि निजी भवन मात्र होइन बालबालिकाले अध्ययन गर्ने विद्यालयदेखि क्याम्पसका भवनसमेत भूकम्पीय जोखिममा रहेको बताइएको छ ।

प्रतिक्रिया